काठमाडौं, कार्तिक २८ । कैलालीको धनगढीमा भोलि र पर्सी (बिहीबार र शुक्रबार) विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाली विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले आज सूचना जारी गर्दै दुई दिन विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
धनगढी वितरण केन्द्र अन्तर्गत ११ केभी लाइनको पोल स्थानान्तरण गर्नुपर्ने भएकाले धनगढीका केही स्थानमा विहान १० बजेदेखि १७ बजेसम्म विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार बिहीबार उत्तरबेहडी र शिवपुरी जाने बाटोका स्थानहरुमा विद्युत अवरुद्ध हुनेछ ।
त्यस्तै शुक्रबार बोराडाँडी चोकबाट यातायात कार्यालय जानेबाटोका स्थानहरु, यातायात कार्यालयको क्षेत्र, तुलसी चोक र देउथान टोलसम्मका स्थानहरुमा विद्युत अवरुद्ध हुने प्राधिकरणको धनगढी वितरण केन्द्रले जनाएको छ ।