धनगढीमा नवौँ सुदूरपश्चिम गौरा महोत्सव हुँदै  

२ भदौ , धनगढी : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको सयुक्त आयोजनामा धनगढीमा नवौं गौरा महोत्सव हुने भएको छ ।

आइतबार धनगढीकाे प्रज्ञाप्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै धनगढी उपमहानगरपालिकाको वडा न-१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुदै आएको गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया