धनगढीमा नवजीवन सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा सम्पन्न

धनगढी । धनगढीमा नवजीवन सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आज शनिबार धनगढीको रुबस होटेलमा एक औपचारिक कार्यक्रम गरि संस्थाले ३० औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका सेयर सदस्य,संचालक समिति,पूर्व कार्यसमिति सदस्यहरु,संस्थापक सेयर सदस्य र संस्थाका कर्मचारीको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाएको हो ।

वि।स २०४९ सालमा सामुदायिक विकास कोषबाट नवजीवन सहकारी संस्थाको सुरुवात भएको थियो । वि।स २०५० मंसिर ३० गतेदेखि नवजीवन सहकारीको नामबाट विधिवत रुपमा संस्थाको सुरुवात भएको थियो । ६४ जना संस्थापक सेयर सदस्य बाट सुरुवात भएको नवजीवन सहकारी संस्थामा हाल ३२ हजार ९ सय ७५ सेयर सदस्य रहेका छन् । भने हाल संस्थाको सेयर पुँजी २८ करोड २४ लाख पुगेको छ ।जगेडा तथा कोषहरूमा ५५ करोड ५४ लाख पुगेको छ ।
हाल संस्थाले ४ अर्ब ४१ करोड ४५ लाख बचत संकलन गरि ३ अर्ब ९१ करोड ४६ लाख बराबर रिण लगानी गरेको गर्न सफल भएको संस्थाका अध्यक्ष देव बहादुर बमले बताए । संस्थामा २७ प्रतिशत तरलता रहेको छ । आर्थिक बर्ष ०७९र८० मा नवजीवन सहकारीले १२ करोड ४८ लाख मुनाफा हासिल गरेको अध्यक्ष बमले जानकारी दिए ।

संस्थाले सेयर सदस्यहरुलाई लाभांशको अलवा संरक्षित पुँजी फिर्ता कोषबाट समेत रकम उपलब्ध गराउँदै आएको छ । यस बर्ष उक्त कोषबाट २ करोड १९ लाख रकम सदस्यहरुको बचत तथा कर्जाको अनुपातमा वितरण गरिने जनाइएको छ । सेयर सदस्यहरुले बचत गरेको आधारमा ४० प्रतिशत र ऋण लिएका सदस्यहरुको खातामा ६० प्रतिशतले हुन आउने रकम जम्मा गरिने अध्यक्ष बमले बताए ।

गोदावरी नगरपालिकामा संस्थाले डेढ बिघा जमिनमा गोदाम घर निर्माण गरि धान संकलन गर्दै आइरहेको छ । भविष्यमा कुटानी,पिसानी र पेलानीका लागि मिल संचालन गर्न प्रक्रिया अगाडी बढाइसकेको बताइएको छ । गत बर्ष संस्थाले ४ हजार ८ सय कुन्टल धान खरिद गरि बिक्रि गर्दा १६ लाख मुनाफा कमाएको थियो ।

निकट भविष्यमा सहकारीले नवजीवन ब्राण्डको चामल उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ । संस्थाले सम्बन्धित निकायबाट अनुमति लिइसकेकाले नवजीवन ब्राण्डको चामल विक्रि गर्न धान खरिद गर्ने काम भइरहेको संस्थाका अध्यक्ष बमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया