२१ असार, धनगढी : कैलाललीको धनगढीमा एक महिला र एक पुरुष मृत्य भेटिएका छन । कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन । उनका दुई जना छोराछोरी छन । तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।
ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरिएको थियो। मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।