धनगढी, ३ माघ/दुःख चिन्ता सन्तापबाट मुक्त भई जनम जनमको प्यास बुझाउने ओशोधारा संघ नेपालको ३ प्रकारका दीक्षासहितको पहिलो तहको ४ दिवसीय ‘योग–प्रज्ञा साधना–१’ धनगढीमा सुरु भएको छ । माघ ६ गतेसम्म चल्ने योग प्रज्ञा साधना«–१ धनगढीस्थित आफ्नो घर ट्याम्पल रिसोर्टमा चलिरहेको छ । ओशोधारा संघ नेपाल ध्यान केन्द्र धनगढीको आयोजनामा भइरहेको साधनामा आचार्य श्री अखण्डलगायतले प्रवचन दिइरहनुभएको छ ।