धनगढीमा गाईसँग मोटसाइकल ठोकिदा युवक घाइते , गाईकाे मृत्यु

१४साउन, धनगढी : कैलालीको धनगढीमा गाईसँग मोटसाइकल ठोकिदा दुर्घटना भएको छ।

शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मोतिचोकमा गाईसँग मोटरसाइकल ठोकिएको हो।

धनगढी जाइका प्रेसात मल्लले चलाएको से ७ प १७७७ नम्बरको मोटरसाइकल गाईसँग ठोकिएको प्रहरीले बताएको छ।

उनी हुलाकी राजमार्ग हुँदै मनेहरा तिर जाँदै गर्दा मोटरसाइकलको ठक्करबाट गाई मरेको छ, भने मल्ल घाइते भएका छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। मल्लको हात र खुट्टामा चोट छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया