१४ जेठ, धनगढी : पछिल्लाे समयमा गर्मीयाम बढ्दै गएकाे अवस्था यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा १ दिने ओर्कसव कार्यक्रम आयाेजना गरिएको छ ।
अमेरिकन रेडक्रसकाे सहयाेगमा नेपाल रेड क्रस साेसाईटिले १ दिने हिट रिक्स (लु) व्यवस्थापन कार्यशाला कार्यक्रम आज धनगढीमा गरिएको हाे ।
गर्मि बढ्दा हिटओईव (लु) हुने हुदा यस्ता समस्याबाट कसरी बच्ने भन्ने विषयमा धनगढी उपमहानगरपालिका का मेयर गाेपाल हमाल वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयाेजक तथा वडा न ३ का वडा अध्यक्ष राज बहादुर ऐर लगायत १९ वटै वडाका पदाधिकारी नेपाल रेडक्रस साेसाईटि कैलाली जिल्ला शाखा सभापति बासुदेव विनाडी रेडक्रस केन्द्रिय कार्यालय कार्यकारि निर्देशक उमेश ढकाल तथा अन्य संस्था बाट आएका प्रशिक्षकहरु आस्मा सुवेदी , दाेलख डाँगी प्रकाश वि सि तथा पत्रकारहरूकाे उपस्थित रहेकाे थियाे ।
अत्याधिक गर्मिका कारणले मानव जिवनमा असर पार्ने , विभिन्न किसिमका राेगहरु निम्त्याउनुका साथै मृत्यु समेत हुन सक्ने हुदाँ दिनप्रति दिन वातावरणीय परिवर्तनका कारण आउने समस्याहरु बाट आफू र आफ्नाे ठाउँमा बसाेबास गर्ने मानिसहरूलाई बचाउन के कस्ता पुर्व उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा तयार पारिएको आफ्नाे विषयवस्तुहरु आस्मा सुवेदी र दाेलख डाँगी , प्रकाश वि सिले उक्त कार्यक्रममा प्रस्तुत गरेका हुन ।
हिट ओेईव हुने ठाउँहरु जहाँ अत्याधिक गर्मि हुन्छ त्यस ठाउँमा (लु) लाग्ने हुन्छ , नेपालकाे सन्दर्भमा ३८ डि तापक्रम ६ दिन सम्म रहन गएमा (लु) हिट ओेईव भएकाे मान्न सकिने तथा यस्ता समस्या वर्षै पहिले देखिनै देखिएपनि यस्लाई समस्याकाे रुपमा नलिएकाे हुदाँ आम जनमानसमा जानकारि नभएको तर अहिले जलवायु परिवर्तन सगैँ याे समस्या गम्भीर रुपमा देखिएकाे रेडक्रस सोसाईटि बाँके जिल्ला नेपालगञ्ज शाखाका उप निर्देशक दोलख बहादुर डाँगीले बताए ।