७ भदौ , धनगढी : धनगढीमा एक युवक लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय राहुल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीले चलाएको से ५ प ६३०३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ३ ग्राम ८५ मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला फेला पारि मोटरसाइकल र उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
साथै मोटरसाइकलमा पछाडी सवार धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय मुकेश राना चेकजाँच गर्ने क्रममा भागेर फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेका रानाको खोजी गर्नुकासाथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ।