धनगढीमा कांग्रेस सभापति देउवा निवास अगाडी फेला परेकाे शंकास्पद वस्तु निष्क्रिय

९ भदौ , धनगढी : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि फेला परेकाे शंकास्पद वस्तु  डिस्पोज गरिएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरको मुलगेट अगाडि कालो झोला शंकास्पद बस्तु राखिएको अवस्थामा भेटिएको थियाे, जुन अहिले नेपाली सेनाकाे टाेलिले निष्क्रिय गरेकाे छ ।

हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर शनिवार राति १ बजेको समयमा प्रहरीले शंकास्पद बस्तु राखेको  देखेको हो।

गेटबाहिर कालो झोलाको मुख अलिकति खोलिएको अवस्थामा राखिएको थियाे।

कालोझोला डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली देउवा निवासमा पुगेको र डिस्पाेज गरिएको छ । सेनाका अनुसार उक्त कालाे झाेला भित्र तार कचाैरा र माटाे भेटिएकाे बताएको छ।

तपाईको प्रतिक्रिया