धनगढीमा एक पुरुषले मादक पदार्थ सेवन गरि आफ्नै घरमा आगो लगाए

२० जेठ, धनगढी  : धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाएका छन ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका हुन । उनले मादक पदार्थ सेवन गरि दुई तले पक्की घरमा शुक्रवार राति आगो लगाएका थिए ।

आगो लगाउदा कोठा भित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा राति नै आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । आगो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया