धनगढीमा एक जना मृत अवस्थामा फेला

१८ जेठ, धनगढी  : कैलालीमा बिहीबार  एक  जना मृत अवस्थामा भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका–३ का ३२ वर्षीय संजय राना  मृत भेटिएका प्रहरीले जनाएको छ ।

राना उपमहानगरपालिका–३ काे वडारा जंङ्गलमा मृत भेटिएका हुन् । उनी १२ जेठदेखि बेपत्ता थिए ।

घटनाकाे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया