८ भदौ , धनगढी : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको सयुक्त आयोजनामा धनगढीमा नवौं गौरा महोत्सवकाे मिति सारिएको छ ।
यहि भदौ ८ गतेबाट सुरु हुने भनिएकाे गाैरा महाेत्सव २ दिन पछि सुरु हुने भएको हाे । भदौ ८,९,१० गते हुने उक्त गाैरा महाेत्सवकाे मिति परिवर्तन गरि भदौ १०,११र १२ गते सम्म हुने भएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानले शनिबार एक विज्ञप्ति जारी गर्दै मिति परिवर्तन भएको जनाएकाे हाे ।
गाैरा महाेत्सवकाे उद्घाटन भदौ १० गते दिउँसो २ बजे गरिने समेत विज्ञप्तिद्वारा जानकारी दिइएको छ ।