२७ जेठ, धनगढी : धनगढीमा आइतवारदेखि गर्मी बिदा हुने भएको छ।
अत्याधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै चार दिनकालागि बिदा दिएको हो ।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत उपमहानगरपालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ ।