धनगढीमा अवैध पल्सरसहित ६ लाखको बराबरको समान बरामद

२९ बैशाख, धनगढी : धनगढीमा प्रहरीले अवैध पल्सर मोटरसाइकलसहित करीब ६ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ ।

बिहीबार धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए ।

बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए ।

तपाईको प्रतिक्रिया