धनगढीमा अबैध काठसहित चार जना पक्राउ

धनगढी, पुस ८ । कैलालीको धनगढीमा अबैध काठसहित चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१६ भादाको श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्या प्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय रामकुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले चारै जनालाई गोरू गाडामा काठ लोड गरिरहेको अवस्थामा सालको काठको गोलिया थान–३ (३२ क्युफिट) सहित आइतबार नियन्त्रणमा लिएको हो।

काठसहित गोरु गाडा र चारैलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारीलाई बुझाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया