धनगढीमा अनुमति विना क्लिनिक सञ्चालन २ जना पक्राउ

९ साउन, धनगढी : कैलालीको धनगढीमा अनुमति विना क्लिनिक सञ्चालनमा रहेका पाइएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्र ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षिय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएपछि धनगढीका कुँवर र गौरीगंगाका वडा नम्बर १० की बोहरालाई पक्राउ गरिएको छ।

प्रहरीले स्वास्थ्य कार्यालय, कैलालीसँग सहकार्य गरेको थियो। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति लिएका थिएनन्। अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुबै जना विरुद्द मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत ईलाज सम्बन्धी कसुर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए ।

कैलाली जिल्ला अदालतबाट मंगलवार म्याद थप गर्दै थप अनुसन्धान जारी रहेको चन्दले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया