धनगढी, कार्तिक २९ । कैलालीको धनगढीबाट प्रहरीले साढे ३६ किलो चरेश बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ लब्ली चोकमा बुधबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा चरेस बरामद गरेको हो ।
अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर मोटरसाइकलमा आएका दुई जनाले सेतो बोरामा रहेको ३६ किलो ६६२ ग्राम चरेश त्यहीँ फालेर गएका थिए ।
फरार रहेका दुबै जनाको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।