धनगढीबाट लागुऔषध सहित बझाङको चिरबिथ्थड गाउँपालिकाका एक जना पक्राउ

 

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ज्ञानु प्लाजा होटेल नजिकबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बझाङको चिरबिथ्थड गाउँपालिका वडा नं। ०२ का ४० बर्षिय धन बहादुर बोहरालाई १ किलो ४० ग्राम लागु औषध चरेस सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।

गय राति करिब १२ बजेर ४५ मिनेटको समयमा सुदुर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीवाट सादा पोषाकमा खटिएको टोलीले बोहरालाई लागु औषध सहित पक्राउ गरि नियन्त्रणमा लिएको हो ।

सु।प।प्र।०४०० १ प १४६७ नम्बरको मोटरसाइकल चालक धन बहादुर बोहरालाई शंका लागी चेकजाँच गर्दा १ किलो ४० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिई लागु औषध चरेस मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया