१७ जेठ, धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला धनगढी उपमहानगरपालिका–३ मिलन चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको हो ।
करिब ४४ हजार बढी मुल्य बराबरका सुट, धोती, साडी लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।