
९ असार, कैलालीः धनगढीबाट तीन लाख बढीका अवैध सामान बरामद गरीएको छ।
धनगढी उपमहानगरपालिका– ४ बसपार्क पछाडीबाट भन्सार छलिका करिब ३ लाख १० हजार २ सय पचास मूल्य बराबरको सेन्डिल चप्पल ५ सय ५ जोर र प्रेसर कुकरको रबर ६ हजार ७ सय पिस प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उक्त भन्सार छलिको सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्।