धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी, मंसिर ५ । धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्र।नि। योगेश खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ०३ त्रिनगर ब्यारेल नजिकबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–१ त्रिवेणी चोकमा कोठा भाडामा बस्ने १८ वर्षीय अनुरोध श्रेष्ठलाई पक्राउ गरेको हो ।

शंका लागि चेकजाँच गर्दा सुरुमा प्रहरीले उनको साथबाट ६०१ मिलिग्राम खैरो हेरोइन फेलापारी नियन्त्रणमा लिएको थियो । पछि हिरासत कक्षमा राख्न उनले बोकेको सामानहरुमध्ये साबुनमा थप ५ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

जम्मा ६ ग्राम ३१ मिलिग्राम खैरो हेरोइन फेलापारी बरामद गरी उनलाई हिरासत राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया