धनगढी, मंसिर २२ । कैलालीको धनगढीबाट एक महिला सम्पर्कविहीन भएकी छन् ।
डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार शुक्रबारदेखि धनगढीबाट सम्पर्कविहिन भएकी हुन्।
माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन्।
आफन्तका अनुसार उनी बिगत तीन महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर धनगढी हिडेकी थिइन् ।
तर सोही मितिदेखि उनी सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।