धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ सहिद गेट अगाडी रहेको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा माघ २७ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । डाक्टर कृष्ण चन्द्र अधिकारीले माघ २७ गते बिहान ९ बजेदेखि ५ बजेसम्म मुटुका बिरामीको उपचार गर्ने जनाइएको छ ।
मुटु सम्बन्धि सम्पूर्ण समस्याको उपचार,पेसमेकर राखेका बिरामीको उपचार,मुटुको चालमा गडबडी र आत्तिने बिरामीको उपचार,एबीपिएम,हल्टर,टिएमटी र इको कार्डियो ग्राफीको व्यवस्था समेत गरिने जनाइएको छ ।अनुभवि तथा दक्ष डाक्टरबाट उपचार गरिने भएकाले मौकाको फाइदा उठाउन सम्पुर्ण मुटुका बिरामीलाई अस्पतालले अनुरोध गरेको छ ।