धनगढीको स्वस्तिक अस्पतालले असोज महिनाभर महिला रोग विशेषज्ञ ओपिडी निःशुल्क दिने

६असोज,धनगढीः धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. स्वस्तिक अस्पतालले असोज महिनाभर महिला रोग विशेषज्ञले प्रदान गर्ने परामर्श (ओपिडी) टिकेट लगायतका सेवाहरू निःशुल्क दिने भएको छ । अस्पतालले हिन्दुहरूको महान् चाँड दशैलाई मध्यनजर गर्दै उपहार स्वरूप महिला दिँदी बहिनीहरू लाई निःशुल्क तथा छुट सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालका अध्यक्ष महेश जोशीका अनुसार असोज महिनाभर स्वस्तिक अस्पतालले महिला, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञले प्रदान गर्ने ओ.पी.डी, गर्भवती जाँच, निशन्तानपन सम्बन्धी परामर्श सेवा निःशुल्क(फ्री) दिने भएको छ ।

यस्तै, अस्पतालले स्त्री तथा महिला रोग अथवा निशन्तानपन सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई अप्रेसन गर्नु परेमा र ल्याब परीक्षणमा २० प्रतिशत छुट सेवा प्रदान गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

यस्तै, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सुझाव अनुरूप विवाहित महिलाले ३र३ वर्षमा गर्नु पर्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न आउने व्यक्तिहरूलाई पनि विशेष छुट सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

 

उक्त छुट सेवा प्रदान गर्नको निम्ति अस्पतालमा महिला, स्त्री, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञ डा। निता तिमिल्सिना रहनु भएको छ ।

यस्तै, दसै छुट अफर तथा अस्पतालले प्रदान गर्ने अन्य स्वास्थ्य सेवा बारे विस्तृतमा बुझ्नको लागि धनगढी ३, सहिद गेटको सामुन्ने रहेको स्वस्तिक अस्पतालमा स्वयम उपसिथत भई अथवा फोन नम्बर ०९१(५२०२११ र ०९१(५२०५१२, मोबाइल नम्बर ं९७७(९८५८४२२९३५ कल सँगै ह्वाटसप गरेर पनि जानकारी लिन सकिने गरी व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो ९एसी० जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

त्यस्तै, यही असोज ७ गते आइतबार देखी पल्मोनोलोजिष्ट डाक्टरद्वारा फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूले पनि प्रत्येक दिन चेक जँच गराउन सक्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया