धनगढीको स्वस्तिक अस्पतालले असार २३ गते निःशुल्क मुटु चेकजाँच र बृहत रक्तदान कार्यक्रम गर्ने

१८ असार, धनगढी  : धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि ले नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

स्वास्थ्य नै मानव जीवनको पहिलो धन  भन्ने मूल नाराका साथ मुटु सम्बन्धी यहि असार २३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले गर्ने मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राइृग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी सेवन गरिराखेका बिरामी, मुटु ढुकढुक हुने, आत्तिने तथा डराउने लक्षण भएका व्यक्ति, आफूलाई मुटु सम्बन्धी समस्या भएको शङ्का गर्ने अथवा आफ्नो मुटुको अवस्था थाहा पाउन खोज्ने जुनसुकै व्यक्तिहरुले चेक जाचँ गराउनका लागी असार २२ गते राति १२ बजे भित्र सम्पर्क गरी सेवा लिन सक्ने अस्पतालका अध्यक्ष महेश राज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीका अनुसार अस्पतालले कोलेस्ट्रोल, ट्राइलिसाइड, एचडीएल, क्रेटीनाईन, हेमोग्लोबिन, युरिन आरईरएमई, इसिजी, एक हप्ताको लागी औषधि (मुटु सम्बन्धी समस्या देखिएका बिरामी लाई मात्र), मुटु रोग विशेषज्ञद्वारानिःशुल्क परामर्श गरी सात प्रकारका सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने तथा इन्ड्रोस्कोपी, टिएमटी, एबिपिएम, हल्टर, इकोकार्डियोग्राफी (इको) लगायतका अन्य निदानात्मक सेवाहरूमा ३० प्रतिशत छुट दिइने जनाईएको छ ।

यसका साथै अस्पतालले सोही दिन बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने भएकाले सम्बन्धित सबै पेसा व्यवसायीहरूमा रक्तदान जीवन दान जस्तो
पुण्य कार्यमा सहभागी भईदिन हुन समेत आम सर्वसाधारणमा अस्पतालले आग्रह गरेको छ ।

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि ले यस भन्दा पहिले पनि निः शुल्क स्वास्थ्य शिविर तथा चेकजाँचका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया