धनगढीको शुभ श्री प्यालेसले खुला टिकटक प्रतियोगिता गर्दै

१२ जेठ, धनगढी : धनगढीको शुभ श्री पार्टी प्यालेसले खुला टिकटक प्रतियोगिता गर्ने भएको छ ।

बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्यालेसले शुक्रवारदेखि जेठ २७ गतेसम्म टिकटक प्रतियोगिता गर्ने बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार र तृतियले सात हजारसहित विभिन्न आकर्षक उपहार पाउनेछन ।
टिकटक प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई सर्तहरु राखिएको छ । हरेक टिकटकरले शुभ श्रीको प्रचार–प्रसार झल्कने गरि कन्टेन्ट बनाउनुपर्ने छ ।

आफैले बोलेको कन्टेन्ट, शुभ श्रीको आधिकारिक टिकटकमा ह्यासट्याग गरेर भिडियो हाल्नुपर्ने, शुभ श्रीको स्विमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने सर्तहरु रहेका छन ।

उत्कृष्ट पाँच जनालाई स्विमिङको प्याकेज, उत्कृष्ट तीनलाई निसर्ग अस्पतालमा पूर्ण शाररिक चेकजाँच, उत्कृष्ट पाँचलाई एसटीएसबाट दुई वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाए ।

सो प्रतियोगिताको मुख्य प्रवद्र्धक निसर्ग अस्पताल रहेको छ भने सह–प्रवद्र्धकमा बालाजी इलेक्ट्रोनिक्स र एसटिएस सिनेमा रहेको छ ।

तपाईको प्रतिक्रिया