धनगढीको शिक्षा शाखाले दरबन्दी मिलानमा गडबड गरेको भन्दैे त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित

१३ मंसिर,धनगढी ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन्। उनीहरुले विद्यालयको गेटमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन्। आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित बनेका हुन्।

विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी पनि आन्दोलन गर्न पुगेका छन्। धनगढी उपमहानगरपालिकाको शिक्षा समिति बैठकले शिक्षक दरबन्दी मिलान नियमावली २०८० विपरीत विद्यालयमा दरबन्दी बढाउनुको साटो एक दरबन्दी काटेर पठाएको विद्यार्थीको गुनासो छ।

दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र कडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका छन्। साइन्स विषयका शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।

साइन्स पढाउने शिक्षकको नै सरुवा भएपछि विद्यार्थीले विरोध गरेका हुन्। विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले शिक्षक मिलानको क्रममा उपमहानगरपालिकाबाट दरबन्दी थप्नुपर्नेमा कटौति भएपछि विरोध भएको बताए। यस विद्यालयमा शिक्षकको दरबन्दी थप्नुपर्ने देखिएको छ तर भएकै दरबन्दी पनि कटौति भएपछि विरोध भएको हो, उनले भने। उनका अनुसार दरबन्दी कटौति गरेर शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेको बताए।

तपाईको प्रतिक्रिया