१२ असार, धनगढी : कैलालीको धनगढीमा मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज कैलाली पुलदेखि क्याम्पस चोक सडकको शिलान्यास गरेका हुन ।
प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ । २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्ने भएको छ । कैलाली पुल–क्याम्पस चोक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले उद्घाटन गरेका हुन ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्ट वडा अध्यक्षहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । साथै धनगढी उपमहानगरपालिकाले ४२८ जना घर धनीलाई सम्मान गरेको छ ।
मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको हो । आफ्नो घर आफै भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको नगरप्रमुख गोपाल हमालले बताए ।