धनगढीको फाप्ला क्रिकेट मैदानमा भोली देखी एन आइ एम वि सुदुरश्चिम मुख्यमन्त्री कप हुदै


९ बैशाख, धनगढी : सुुदुरपश्चिम प्रादेशिक क्रिकेट संघ कैलालीले धनगढीमा एन आइ एम वि सुदुरपश्चिम मुख्यमन्त्री कप  भोलीदेखि गर्ने भएको छ ।

शनिवार पत्रकारहरु सगँको भेटघाट कार्यक्रम गर्दै यु १६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० यहि बैशाख १० गते भोली धनगढीको फाप्ला क्रिकेट खेलमैदानमा बिहान ९ बजे खेलको उद्घाटन गरिने जानकारी गराएको हो ।

नेपाल इन्भेष्ट मेघा बैंक तथा सुदुरपश्चिम खेलकुल परिषदको आर्थिक सहयोगमा सञ्चालन भईरहेको उक्त खेलमा सहभागी हुने खेलाडीहरुकालागी प्रथम पुरस्कार रु २ लाख सहित ट्रफी दृतिय पुरस्कार रु १ लाख सहित ट्रफी तथा म्यान अफ द शिरिजका लागी १५ हजार नगद पुरस्कार सहित ट्रफी राखिएको छ , भने बेष्ट व्याट्स म्यानलाई रु दश हजार नगद पुरस्कार सहित ट्रफी ,बेष्ट बलरलाई दशहजार सहित ट्रफी तथा प्लेयर अफ द म्याचका लागी रु दुई हजार पुरस्कार सहित ट्रफीको व्यावस्था गरिएको तथा ७ बटै प्रदेशका ७ वटै टिमको सहभागीता रहने उक्त खेलको उद्घाटन कार्यक्रममा प्रमुख अतिर्थी सुदुरपश्चिम प्रदेश प्रमुख देव राज जोशी रहने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीले बताए ।

१० गते देखी सूरु भई १७ गते सम्म सञ्चालन हुने उक्त खेलमा सहभागी हुने खेलाडीहरुको उमेर १६ वर्षमुनिको हुनु पर्ने तथा एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ। सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ। यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्टिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। भने भोली उद्घाटनको पहिलो खेल सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ ।

तपाईको प्रतिक्रिया