धनगढीको नवदुर्गा टेक्नोलोजि प्रालिमा टाटाको ‘लङ रेन्ज मोडल’, नेक्सन म्याक्स ईभीको गाडी लन्च

१२ जेठ, धनगढी : टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल धनगढीमा ल्याएको छ ।
नेक्सन म्याक्सको लङ रेन्ज मोडेल गाडी धनगढीको नवदुर्गा टेक्नोलोजि प्रालिबाट आजदेखी विक्री सुरु हुने भएको छ ।

कम्पनीले ल्याएको नेक्सन म्याक्स अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटा नेक्सन प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावर फुल मोटर पाउन सकिन्छ । टाटाको सुदूरपश्चिम बिक्रेता नवदुर्गा टेक्नोलोजि प्रालि धनगढीका सञ्चालक प्रदिप जोशीले नयाँ मोडलको नेक्सन म्याक्सको बिक्री आजै देखी धनगढीबाट सुरु भएको बताए ।

टाटाले नेक्सन म्याक्समा ४० दशमलव ५ किलोवाट आवरको ब्याट्री दिएको छ । साथै, प्राइम मोडलको भन्दा ठूलो १०५ किलोवाट क्षमताको मोटरका साथ साथै यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ, भने यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । जस्मा स्ट्याण्डर्ड ३ दशमलव ३ र अर्को ७ दशमलव २ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ । नेक्सन म्याक्सलाई ३ दशमलव ३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७ दशमलव २ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज गर्न सकिने छ । नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप गरिएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि रहेका छन ।

त्यस्तै, यस नयाँ मोडेल गाडीमा सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको सुविधा रहेको उक्त टाटा नेक्सन म्याक्सको सुरुवाती भेरियन्टको मूल्य ४६ लाख ४९ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया