धनगढीको  नदीमा सडेको शव भेटियो

४ साउन, धनगढी  : धनगढीको खुटिया नदीमा सडेको अवस्थामा वेवारिसे शव भेटिएको छ ।

धनगढी उपमहानगरपालिका–१२ भएर बग्ने खुटिया नदीको किनारमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी( कुलदिप चन्दले पहिचान नखुलेको अन्दाजि ४०/४५ वर्षीय पुरुषको शव भेटिएको जानकारी दिए ।

उनकाअनुसार नदी किनारमा शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया