धनगढीको एक होटलबाट बेवारिसे शव फेला

२ जेठ, धनगढी : धनगढीको एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ ।

धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार युवकको शव फेला परेको हो। अन्दाजी ३८÷३९ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन ।

शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया