३१ वैशाख, धनगढी : कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगो लागेको छ ।
शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) को पिपि ट्रेडर्समा आगो लागेको हो ।
कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगो लागेको कैलाली प्रहरीले बताएको छ ।आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको छ ।
धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र (दकमल), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।