धनगढीको एक्सिस स्कुलमा चोरी

८ जेठ, धनगढी : धनगढीको एक्सिस विद्याआश्रममा चोरी भएको छ ।

शनिवार विहान राति करीब २ बजेतिर विद्यालयमा चोरी भएको हो । मध्यरातमा दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेर लगेको प्राचार्य अनिता पन्तले बताइन् ।

सामान चोर्ने व्यक्तिहरुको भिडियो सिसिटिभी क्यामेरामा कैद भएका छन् भने चोरीमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिइएको छ ।

तपाईको प्रतिक्रिया