२८ साउन, धनगढी : धनगढीको अक्टेभ म्युजिक सेन्टरको प्रस्तुतिमा ‘सोचेको जस्तै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बुधवार उक्त म्युजिक भिडियो राजसा युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
उक्त गीतमा गायक तथा गीतकार राज चौधरीको आवाज रहेको छ । भने अरेन्ज अर्जुन रावतले गरेका छन्।
सुदूरपश्चिममै पहिलो पटक केही नयाँ गर्ने उद्देश्यले अपराध सस्पेन्स थ्रिलर म्युजिक भिडियो निकालिएको हो ।
उक्त भिडियोको छायांकन टेक बमले गरेका हुन, भने जनक कुँवर, करिना हमाल, क्रिस्टिना जैरु, बिपिन, सुमन धामी, दिनेश पन्त, हिमांशु बोहरा लगायतका कलाकारहरूको कास्टीङ रहेको छ ।
यस्तै, भिडियोमा उठान गरिएको कथा, निर्देशन र इडीट एभरेस्ट फिल्म एकेडेमीबाट डाइरेक्सन समेत पढेका सञ्जीव रावल (सिमसिम) ले गरेका हुन् ।
धनगढी क्षेत्रको प्रोडक्सनमा निर्माण गरिएको उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै भिडियोमा देखाइएको क्वालिटी र कन्टेन्टको प्रशंसा चौतर्फी भइरहेको छ ।
हेर्नुहोस यस्तो छ भिडियो :