२२ बैशाख, धनगढी : धनगढीमा लागुऔषाध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय राज पार्कीलाई ५ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पार्कीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।