धनगढीका एक युवक घर भित्रै मृत भेटिए

८ भदौ , धनगढी : धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

११ बजेतिर मृत भेटिएका भण्डारीकाे मृत्युकाे कारण भने खुल्न सकेकाे छैन ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया