दोहोरो अंकले घट्यो सेयर बजार

१६ साउन, काठमाडौं  : साताको तेस्रो कारोबार मंगलबारका दिन देखी सेयर बजार दोहोरो अंकले घटेको छ ।

घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि देखियो ।

मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो । सिक्लेस हाइड्रोपावर, बीओके डिभेञ्चर, एनएमबी ५० सहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । अपर तामाकोशीको मंगलबार धेरै कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया