धनगढी, मंसिर ९ । नेपाली बजारमा सुनको मूल्य दैनिक बढ्दै गइरहेको छ ।
सुन आज पनि तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गत शुक्रबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।