धनगढी, मंसिर २२ । धनगढीमा शुक्रबार ‘दृश्यमा सुदूरपश्चिम’ विमोचन गरिएको छ । एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुईवटा भिडियो सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भिडिओ सार्जनिक गरेका हुन् । समसामयिक कथालाई प्रस्तुत गरिएको ‘भुल्नै गाह्रो भो’ म्युजिक भिडियो एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक भएको हो । सनम कठायत र पवित्रा शाकी मुख्य अभिनय रहेको भिडियोमा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाको पनि अभिनय छ ।
भिडियोमा दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन छ । सनम कठायतको कथा रहेको भिडियोमा विशाल सुनारको प्रस्तुति छ । गीतमा उमेश मुस्कान र अनु चौधरीको स्वर सजिएको छ ।
समारोहमा एभरेष्ट साहित्य सम्मानबाट निर्मलकुमार भण्डारी, एभरेष्ट पर्यटन प्रवर्द्धन सम्मान खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया, एभरेष्ट देउडा रत्न सम्मान गायक भुवनप्रसाद दाहाल, एभरेष्ट पर्यटन सम्बर्द्धन सम्मान मायाप्रकाश भट्ट, पत्रकारिता सम्मान चित्राङ्ग थापा, युवा समाजसेवी सम्मान किरण मल्ल, शिक्षा तथा समाजसेवी सम्मान योगेन्द्र हमाल, कृषि उद्यमी सम्मान खड्क मल्ल र युवा पर्यटन प्रचारप्रसार सम्मानबाट भरतविक्रम शाह पनि सम्मान गरिएको छ ।