काठमाडौं, मंसिर १८ । मेडिकल ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन् ।
राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा राख्न मंगलबार जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भन्दै यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालिएपनि खारेज भएको थियो ।