काठमाडौं, असोज १५ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुई वटा मुद्दामा ५०/५० हजार गरी जम्मा एक लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई वटा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै साइबर ब्युरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।