दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

उनी मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडिओ सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया