दुई महिना नबित्दै बन्द भयो धरहरा, कहिले खुल्छ अब ?

काठमाडौँ, मंसिर ३। सञ्चालनमा ल्याएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ ।

लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।
लिफ्ट बनेपछि धरहरा सञ्चालनमा आउने उनले बताए ।

२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पूरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरिएको थियो ।

बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा खुला गरिएको थियो । हालसम्म २५ हजार ७४२ जनाले धरहरा चढेका छन् ।

तपाईको प्रतिक्रिया