दार्चुला जिप दुर्घटना : एकै क्याम्पसका दुई कर्मचारीको मृत्यु

दार्चुला, कार्तिक ३० । दार्चुलामा भएको जिप दुर्घटनामा एउटै क्याम्पसमा कार्यरत दुई कर्मचारीको मृत्यु भएको छ ।

शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बजानीमा भएको जिप दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये दुई जना गोकुलेश्वर बहुमुखी क्याम्पसका कर्मचारी रहेका हुन् ।

शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिपसिंह बिष्टको घटनास्थलमै र शैल्यशिखर ४० बर्षीया मीना लेखकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिष्ट क्याम्पसको पुस्तकालय शाखाका प्रमुख थिए । उनी २०६६÷६७ देखि क्याम्पसको पुस्तकालय शाखामा आबद्ध थिए ।

लेखक क्याम्पसको प्रमुख लेखापाल थिइन् । क्याम्पस स्थापनाकालदेखि नै उनी लेखा शाखामा कार्यरत थिइन् । उनका श्रीमान् र दुई छोरा छन् ।

एकै क्याम्पसमा कार्यरत दुईजनाको सवारी दुर्घटनामा निधन भएपछि क्याम्पस परिवार शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया