दार्चुलामा स्क्रब टाइफसका बिरामी फेला

१६ साउन, दार्चुला  : दार्चुलामा साउन यता मात्रै स्क्रब टाइफसका १७ जना विरामी फेला परेका छन ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए ।

साउन १४ गते आइतवारसम्म १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए । जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ९ जनामा स्क्रब टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २/२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए ।

यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १/१ जना गरी १७ जनामा स्क्रब टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए ।

भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया