दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरी सहित ५ जना घाइते

१३ बैशाख, दार्चुला : दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरी सहित पाँच जना भाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन । सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए ।

आक्रमण गर्ने बँदेललाई मारिएको छ, भने घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याईएको छ । अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया