दार्चुलामा थ्रेसरमा बेरिएर एक बालकको मृत्यु

६ जेठ, दार्चुला : दार्चुलामा एक बालकको मृत्यु भएको छ ।

गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका ती बालकको मृत्यु भएको छ ।

उपचारका क्रममा नौगाड गाउँपालिका–४ सिप्टीस्थित मल्लामट्टेका १३ बर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो । उनी शुक्रबार दिउँसो थ्रेसरको पट्टामा बेरिएर घाइते भएका थिए ।

कक्षा ५ मा अध्ययनरत विनोदको उपचारका क्रममा शुक्रबार राति गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया