दार्चुलामा चट्याङ लागेर बालकको मृत्यु

२६ बैशाख, दार्चुला : दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहकाअनुसार चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।

खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते हुनेमा ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री रहेको सिंहले बताए । मीना मृतककी आमा हुन् ।

तपाईको प्रतिक्रिया