दार्चुला, कार्तिक २६ । दार्चुलाबाट मालिकार्जुनबाट प्रहरीले आठ जना जुवाडे पक्राउ गरेको छ।
मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएका छ ।